अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की स्वदेश फर्कि एका छन् । प्रमुख आयुक्त कार्की हिजो साँझ स्वदेश आइपुगेका हुन् । संयोग भन्नुपर्छ उनि स्वदेश फर्केकै समयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का १५७ सांसदले हस्ताक्षर गरी हिजै व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएका छन् ।
हिजो मङ्गलबार सर्वाेच्चमा विचाराधीन रहेको प्रमुख आयुक्त कार्कीको मुद्दाको उहाँको घरमा सूचना टाँसगरी म्याद तामेल गरिएको थियो ।