महासंघ प्रवक्तामा सागर बैजु

sagar-baizu

कपन अनलाइन, ४ कात्तिक, २०७३

नेपाल क्रिश्चियन महासंघको प्रवक्तामा सागर बैजु चयन भएका छन् । देशभरका इशाई संगठनहरुको महासंघ नेपाल क्रिश्चियन महासंघको हालै बसेको विशेष बैठकले केन्द्रिय पदाधिकारीसमेत रहेका बैजुलाई प्रवक्तामा चयन गरेको हो । प्रवक्ता भएपश्चात बैजुले महासंघको सूचना, जानकारी, रणनीति एवम् विचारलाई सार्वजनिकिरण गर्नेछन् । महासंघको विधान अनुसार संघको आधिकारिक धारणा प्रवक्ताले प्रस्तुत गर्नेछ । इशाई धर्मगुरुसमेत रहेका बैजु नेपाली कांग्रेसका नेता पनि हुन् । महासंघ यतिखेर देशभर इशाईहरुमाथि भैरहेको बिभिन्न धरपकड एवम् क्रिसमसको सार्वजनिक विदा हटाइएकोमा बिरोधलगायत बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।