निर्णायक वार्ता अघि मुख्य दल आन्तरिक छलफलमा

काठमाडौं, ३० भदौ : भदौ महिना भित्रै सहमति जुटाउने बताएका प्रमुख तीन दल आज छलफलमा जुट्दैछन् । केहीदिन लगातार छलफल गरेका दलहरुले पछिल्लो समय बैठक गर्न सकेका छैनन । भोलि राष्ट्रपति डाक्टर रामबरण यादवले दलहरुलाई छलफलका लागि बोलाएपछि आज तीनदल छलफलमा बस्न लागेका हुन् ।

आज बेलुका हुने बैठकमा संविधानसभा पुनःस्थापना, ताजा चुनाव र सहमतिको सरकार गठनका विषयमा छलफल हुनेछ ।  माओवादी प्रवक्ता अग्नी सोपकोटाका अनुसार आजको बैठकले साझा धारणा बनाउन प्रयत्न गर्नेछ । बैठकको समय भने तय भइनसकेको सोपकोटाले सीआइएनसँग बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।