इङ्गलिस प्रिमियर लिग फुटबलमा आज आठ खेल

३० भदौ, एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज आठ खेल हुँदैछन् । आफ्नै मैदान ओल्ड ट्र-याफर्डमा म्यानचेष्टर युनाईटेडले विगान एथलेटिकको सामना गर्दा आर्सनलले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, चेल्सीले क्विन्स पार्क रेन्जर्स क्युपिआरको, लिभरपुलले सण्डरल्याण्डको तथा म्यानचेष्टर सिटीले स्टोक सिटीसँग भिड्ने छन् । उता, स्पेनिस फुटबल लिग ला लिगामा चार खेल हुँदैछन् ।

साविक विजेता रियाल मड्रिडले सेभियाको सामना गर्दा बार्सिलोनाले गेटाफेको सामना गर्नेछ । विश्वकप छनोट तथा अन्य मैत्रीपूर्ण फुटबलका कारण गता हप्ता युरोपको अधिकांश देशमा लिग फुटबल भएको थिएन ।

तपाइँको प्रतिक्रिया ।