अपडेट : कपिलवस्तुमा भएको सवारी दुर्घटनामा ७ को, मृत्यु ३९ घाइते

कपिलवस्तु, २० भदौ : कपिलवस्तुमा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । दुर्घटनामा ३६ जना भाइते भएका छन् । पाँचजना सशस्त्र प्रहरी जवानको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ६ जना सशस्त्र प्रहरीका रहेका छन् भने १ जना बसमा सवार सर्वसाधारण रहेका छन् मृत्यु हुनेहरुमा सीमा सुरक्षा कार्यालय कपिलवस्तुमा कार्यरत वरिष्ठ हवल्दार तथा मिनी ट्रकका ड्राईभर हस्त बहादुर कामी, सशस्त्र प्रहरीहरु जवान गोविन्द खत्री, शिवु चौधरी, अंकलास चौधरी, खगेन्द्र खड्का, दिपक बुढा र बसमा सवार दाङ लालमटिया ८ का चुरामणी पोख्रेल रहेको प्रहरीले जनाएको छ । ना १ ग ५८७ नम्बरको पूर्वबाट पश्चिम जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक र दाङबाट बुटवल आउँदै गरेको लु १ ख ३५१९ नम्बरकोे बस कपिलवस्तुको चम्पापुर नजिकै एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परेका मध्य एक जनाको घटना स्थलमा, एक जनाको चन्दौटा स्थित सञ्जीवनी मेडिकल हलमा मृत्यु भएको हो । अन्य २ जनाको लुम्बीनी अञ्चल अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो भने २ जनाको मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । घाइतेमध्ये बसका २० जना र सशस्त्रका १६ जनाको लुम्बिनी अञ्चल अस्पताल बुटवल र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।