खसी खाएर हात्तीको क्षतिपूर्ति !!!
बालकुमार नेपाल
दशैको रमझम मानिसमा ओर्ली सकेको थियो। बिहानै मित्र जीवराम भण्डारीको फोन आयो। हामीमा अघि पछि पनि ठट्टा रमाईलो चल्छ। मैले भण्डारीलाई सोधे, ‘दशैमा बिहान बिहानै को फुस्रो फोन गरेको?’ उनले जवाफमा भनि हाले यसपाली मैले तपाईका लागि एउटा खसीको ब्यबस्था गरिदिएको छु है। पत्रकारिता पेशमा रहेका साथीभाइबीच अलग बिचार होला। अलग आस्था होला। तर मित्रतामा कुनै बिचारले काम गदैेन। एउटा साथीलाई अर्को साथीले सहयोग गर्दा कुन पार्टीको , को कांग्रेस ,कम्युनिष्ट वा दरवारी भन्ने रहदैन। बिशुद्ध मित्रता रहन्छ। भण्डारी कता आस्था राख्छन त्यो बेग्लै कुरा हो। तर उनले मलाई साथीभाईका हिसावमा सहयोग गर्न खोजेका हुन। उनी त्यो बेलाको शाही सत्तासँग नजिक थिए। हामी दिनैपिच्छे त्यो सत्ता बिरुद्ध संघर्ष गरेका मान्छ थियौ। कहिले काहीँ भेट हुँदा उनलाई तिम्रै पुलिसले आज ढाडमा दरैगरी दन्कायो नि भनेर हामी भन्थ्यौ । उनी थप्थे, अझै कम पो हानेछ। पत्रकार भएर पार्टीको कार्यकर्ता जस्तो जुलुसमा जान्छौ भनेर ठटटा चल्थ्यो ।
दशैँको मुखमा यति ठट्टा चल्ने साथीले एउटा खसी दिन्छु भने पछि यसपाली घपपिरिवारले राम्रैगरी ओठ चिल्लोृ पार्ने भए भनेर हिसाव गर्न अन्यथा हुदैनथ्यो। मैले पनि उनीसँग ठट्टा गर्दै भनेको थिएँं खसीको त ब्यबस्था गर्छु भन्यौ कटटु लगाएको चाहि पर्ला नी । यति भनेर हाम्रो फोन वार्ता समाप्त भएको थियो।
फुलपातीको अघिल्लो दिन बिहानै फेरी भण्डारीको फोन आयो। उनले आज ३ बजे राससमा आउनुुस है भनेर बोलाए। तीन बजे राससमा पुगे। भण्डारी छिटीपिटि गर्दै भित्र-बाहिर कुदिरहेका थिए। उनले मलाई जसरी अरुलाई पनि खसीको ब्यबस्था गरेको रहेछन। कतिपय बारिष्ठ क्रान्तिकारीहरुलाई भनी तत्कालिन संचार मन्त्रीको निवासमा बोलाएर हाती नै दिएका रहेछन र हामी खसी पाउने बबुराहरुलाई भने त्यहाँं बोलाएको रहेछ। रासस पुगेको केही क्षणपछि मलाई भित्र बोलाईयो। मनमनै मलाई लागेको थियो यो जीवरामले किन होला हामीलाई दिने खसी राससमा लगेर थुनेर राखेको होला? म भित्र पसे । अचम्मको दृष्य देखियो। दौरा सुरुवाल र कोट लगाएका ब्यक्ति एकातिर रुपैयाँको बिटो र अर्कोतिर भर्पाई र कलम लिएर बसेका थिए। अब मलाई त्यसपछि भने झसंग भए। म फर्केर जाउ त्यसका लागि जीवराम भण्डारीलाई अप्ठयारो पर्ने। नजाउ के भनेर भर्पाइ गर्ने हो। आजबाट हामी शाही सत्तालाई समर्थन गर्ने भनेर सही छाप गराउने हुन कि? यो प्रश्न उब्जिरह्यो। जसले जति भण्डारीलाई गाली गरेपनि उनले त्यसबेला साथीभाईलाई सहयोग गरेकै हुन। तर मैले सोचे ब्यहोरा हेरे मात्र लिने नलिने निर्णयमा पुग्छु । ब्यहोरा पढे जसमा लेखेको रहेछ म शान्ति कार्यमा सरिक भए बापत यति यति सहयोग रकम बुझिलिए। त्यो भपाईमा शाही सत्तासँग सम्बन्धित कुनै भाषा परेको थिए । मैले यसो हेरे कुनै आपति जनाउनु पर्दैन भनेर सही छाप गरेर त्यसबेला मामुली खसी आउने रकम बुझेँ । मैले यसकारण पनि रकम बुझेँ पत्रकार र राज्यबीच जति सुकै बेला पनि सम्बन्ध हुन्छ। पंचायतकालदेखि नै यो नेपालमा रहँदै आएको हो। नेपाल पत्रकार संघ बिभाजित हुँदा लोकतन्त्रवादीहरुको एउटा थियो, दरवारीयहरुको अर्को थियो। तर पंचायत पनि यस्ता लेन देन भएका थिए।
जनआन्दोलन सफल भएपछि सरकारबाट हण्डी लिने ८६ जना पत्रकारमा म पनि सुचिकृत भएको थिएँ । कतिपय साथीहरुले हामीलाई यसले फसायो उसले फसायो भनेका थिए। म प्रेस चौतारी नेपालको कोषाध्यक्ष भएको हिसावमा सचिवलयमा पैसा लिएको कुरा साँंचो भएको मौखिा जानकरी गराएँं। तर तत्कालिन अवस्थामा त्यो जति नै जायज भए पनि त्यो हण्डि नै ठहरथ्र्योस समय नै त्यस्तो थियो। मैले नेपाल पत्रकार महासंघको सचिवालयमा पनि दर्शैमा आएको खसी आफुले लिएको मौखिक जानकारी गराए। तत्कालिन निरंकुश सत्ताले जारी गरेको संचार अध्यादेश विरुद्ध हामी सडकमा थियौ। म कार्यरत संचार माध्यमको बोर्डमा सो अनुसार गर्न र गराउन भनेर तोक आदेश कुनै बेला जारी गर्ने ब्यबस्थापनले शाही सत्तासँग पैसा लिएको भन्दै निलम्बन गरेका थियो। मैले त्यसलाई लिखित रुपमा नै स्विकार गर्न खोजेको थिएँं। तर शाहि सत्ताको बेला राजनीतिक समाचार नछाप्न निर्देशन दिने संचार माध्यमले क्रान्तिकारी हुदै मलाई निलम्बन गरेको थियो। यसकारण यसलाई लिखित रुपमा स्विकार गर्नसकिएन।
आज पनि मलाई लाग्दैछ त्यो गलत थिएन। दिनेले के आशयले दिए त्यो बेग्लै कुुरा हो । तर लिनेले सत्तासँग होइन राज्यसँग सहयोग लिएको थियो। त्यसमा आफूले तिरेको कर पनि समावेश थियो। त्यो कुनै सत्ता जोगउन बा भत्काउनका लागि थिएन। एउटा श्रमजिवीको चुल्हो तताउकनका लागि थियो।
मनामोहन अधिकारी प्रधानमन्त्री हुँदा संचार मन्त्री थिए प्रदिप नेपाल। उनले शपथ खाएका दिन पंचायतकालमा औषधी उपचार र हण्डि लिने पत्रकारको नाम सार्वजनिक गर्ने घोषणा गरेको थिए। उनको क्रान्तिकारी यो कुराले बजार निकै तताएको थियो। तर उनले ती नाम सार्वजनिक गरेनन्। त्यसबेला सुनियो बरिष्ठ भनेर घोषणा भएका एमालेका निकटका केही पत्रकार हण्डिको सूचीमा चढेको पाइएएको थियो। तिनकै हुर्मत जाने डरले त्यो सूचि सार्वजनिक नगरिएको अझै पनि चर्चा छ।
दुनियाँंलाई थाहा भएको कुरा हो भ्रष्टचार भर्पाई गरेर हुदैन। भर्पाई गरेर सरकारी प्रक्रिया पुरा गरेपछि लिने दोषी हुदैन। दिनेले नियम नपुर्याई दिएको भए त्यसको दोषी पनि त्यहि हुन्छ। त्यो लिएको रकम सत्ता सँग थिएन। राज्यसँग थियो। यस्ता घटना खोज्ने हो भने म लाई लाग्छ नेपालमा सक्रिय पत्रकारिता गर्ने कोही बाँकी रहन्छ जस्तो लाग्दैन। किन कि नेपाल जस्तो मुलुकमा श्रमजिवी पत्रकारले कुनै न कुनै शिर्षका केही सहयोग लिएकै हुन्छ। तर समयको नियतिले हाती बुझनेहरु हाति भए , हामी खसी बुझुनेहरु मुर्गमा परिणत भयौ। गैर जिम्मेवार र उत्ताउला कुराको शिकार भएका कारण खसी खाने हामीहरुले हातिको क्षेति सरह मानसिक पीडा बुझाउनु परयो।
लेखक प्रेस चौतारी नेपालको पूर्व कोषाध्यक्ष हुनु हुन्छ ।