आशाःआकाशको आभास (डा. रामेश्वर अधिकारी)
कपन अनलाइन
काठमाडौं कात्तिक १४।
मेरा व्यथाहरू भालेको डाकसँगै ब्युँझिन्छन्,
मेरा कथाहरू स्यालको रोदनसँगै सुनिन्छन् ।
मिर्मिरेकापालुवासँगै मेरा वेदनामौलाउँछन्,
साँझका किरणसँगै मेरा आशाहरू ओइलाउँछन् ।
मेरो गाथाऔँसीको जूनले औँल्याउँछ,
मेरो व्यथा घडीका हरेकचालसँगै सल्बलाउँछ ।
पक्षघातग्रस्त रोगीको चालझैँ छन् मेरा आशाहरू,
हुट्टीट्याउको खुट्टाझैँउत्तानिएका छन् मेरा आभासहरू ।
जीवनकापिल्साइपछिका रापहुन् मेरा सासहरू,
मुटुको प्रत्येक ढुकढुकीमै पिसिन्छन् कल्पनाकालासहरू ।
मेरो कथागल्लीमाफालिएको मुर्दाले बयान गर्छ,
मेरो आस्थाप्रत्येकपाइतालामुनि हराउँछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
