नवनी कविता सङ्ग्रहको सन्दर्भ : सञ्जय सोती
कपन अनलाइन
काठमाडौं कार्तिक ६ ।
उज्यालो अझै नआउने भएपछि
काव्यरस पिउन नपाउने भएपछि
जीवनको के अर्थ
शान्तिको गीत नगाउने भएपछि ।
शब्द र सम्बन्धबीच कस्तो नाता छ, त्यो त भन्न सकिँदैन तर शब्दको सम्बन्ध साहित्यसँग नभई साहित्यको सिर्जना हुँदैन । साहित्य पनि एक प्रकारको अम्मल हो तर यसले नकारात्मक काम भने गर्दैन, सकारात्मक नै गर्छ, अम्मल भए पनि । साहित्यलाई नै अम्मल वा आप्mनो रुचि बनाएर वि.सं. २०५५ सालदेखि हालसम्म लागेका एक वरिष्ठ साहित्यकारको नाम हो– ठाकुरप्रसाद शर्मा भण्डारी । वि.सं. २०१० भाद्र २५ गते हरितालिका (तृतीया)का दिन सत्यवती गाउँपालिका ५ जुहाङ हँसरा गुल्मीमा जन्मेका ठाकुर शर्मा भण्डारी बहुमुखी प्रतिभाका धनी व्यक्ति हुन् । उनी कवि, चम्पूकाव्यकार, मुक्तककार, समालोचक, सम्पादक, लेखक, महाकाव्यकार,नियात्राकार, निबन्धकार, अनुवादक, काव्यकार, खण्डकाव्यकार, नीतिकाव्यकार, अन्वेषक, संस्मरणकार, भूमिकाकार, प्रकाशक, भाषाविद्समेत हुन् ।
‘नवनी’ कवितासङ्ग्रह उनको तेत्तिसौँ कृति हो । साह्रै युनिकजस्तो लाग्ने यो कवितासङ्ग्रहको नवनीले वास्तवमै नवीन भन्ने अर्थ दिन्छ तर यो कृतिको नवीनले एक प्रकारको धक्का हान्यो मेरो मनमा । यो कृति विचारको नवीन हो कि ! शिल्पको नवीन हो कि ! काव्यानन्दको नवीन हो भनेर । त्यसको लागि पनि कृति पढी यसैको अक्षर–अक्षर र शब्दसागरमा पुग्न अत्यन्त आवश्यक छ । यो कृति उनले शास्त्रीय काव्य संरचनालाई पालना गरी रचेका छन् । प्रत्येक कवितासङ्ग्रहभित्रका कविता पूर्वीय मान्यतानुसार मङ्गलाचरणबाट शुरू हुन्छन् । “भवतु सर्वमङ्गलम्”बाट बिट मारिएका हुन्छन् ।
कविता छन्दमा लेखिएर पनि स्वच्छन्द संरचनामा लेखिएका छन् । पूर्वीय काव्यका आचार्य भरतमुनि भन्छन्– कुनै पनि शब्द छन्दहीन हुँदैन । न कुनै त्यस्तो छन्द छ जो शब्दहीन होस्, तसर्थ शब्द र छन्दको नाता प्राकृतिक छ । तपाईं हामीजस्तो नकि कृत्रिमको । उनले यो सङ्ग्रहमा शास्त्रीय छन्द– उपजाति, अनुष्टुप्, स्रग्धरा, शार्दूलविक्रीडित, मालिनी, मन्दाक्रान्ता, वसन्ततिलका, इन्द्रबज्रा, मेघविस्फुर्जिता अघिल्लो भागमा र पछिल्लो भागमा जीवन, आकाशजस्ता मुक्त (स्वछन्द) संरचना÷रचनासहित विविध छन्दहरूको प्रयोग गरेका छन् । संरचनामा फरक र विविधता हुन र स्वाद तथा संरचनामा नवीनता दिन ठाकुर शर्मा भण्डारी कविको ‘नवनी’को वैशिष्ट्य हो । त्यस्तै आयतन छोटो–छोटो र अर्थमा गहनता हुन यस कृतिको अर्को वैशिष्ट्य हो । छोटोमा स्वादिलो भाव सम्प्रेषण गरी च्वास्स चस्का पाठकलाई दिन सक्नु उनको कृतिको अर्को काव्यानन्दको भोक हो, भोक हो, यसले गर्दा कृति सुन्दर भएको छ, स्वादिलो रहेको छ ।
मङ्गलाचरण, शक्ति, ज्ञान र प्रेमको प्रतीक हिन्दु देव–देवता र देवीहरूको आराधना गरी उनले गरेका छन् । गुरुमहिमा छ, ज्ञानको ज्योति छ, ज्ञान नै प्रेमको मोती हो भन्ने भाव छ । ज्ञानले नै प्रेम, जीवन, ईश्वर, आत्मा, परमात्माको बोध गराउँछ भन्ने उनको यस कविताको निचोड छ । परमसुख ब्रह्मबोध हो, कर्मले त्यहाँ पु¥याउँछ । यस कुरालाई उनी यसरी व्यक्त गर्न पुग्छन् आप्mनो कवितामा–
प्रेममा हुन्न आकाङ्क्षा सर्वदा दिन जान्दछ
प्रेममा ईश भेटिन्छ प्रेमले ईश चुम्दछ ।
छुटेको प्रीति पाइन्न जुटेको प्रीति मिल्दछ
छुटेको जोडिँदा प्रीति कष्ट–साध्य बनाउँछ ।।
कवि मनका उनको कविताले युजी कृष्णामूर्तिको गहन वाणी र रजनीशको स्वतन्त्रताको वचनलाई अमृतसरि अकाट्य रूपमा बुझी वर्णन गरेको छ ।
पञ्चतत्त्वमा पृथ्वी, पानी, आगो, वायु र आकाश यी पाँचतत्त्वको कारण सम्पूर्ण जीवन र सृष्टिको उत्पत्ति, सिर्जना सम्भव भई चलेको कुरालाई उनले व्यक्त गरेका छन् । अध्यात्मचिन्तनले शान्ति, आनन्द, अनुशासन, नैतिकनिष्ठा ल्याउने कुराको ठोकुवासमेत गरेका छन् कविले । मातृवन्दना, आमा, जन्मभूमिप्रति कवितामा भगवान् रामकै विचारलाई उठान गरेका छन्– उनले आप्mनो वन्दनाका साथ ।
पर्वमहिमामा हाम्रो राम्रो नेपालको पर्वतहरूको संस्कृति, प्रकृति, सम्बन्ध र सभ्यतालाई उनले विभिन्न तरिकाले हेरी यसको भावनात्मक पक्ष सौन्दर्य, पहिचान, महत्त्व र सामाजिक, सांस्कृतिक सभ्यतालाई व्यक्त गरेका छन् यो कवितामा ।
त्यस्तै दशैँपर्व, दीपावली (तिहार), तीज, माघीपर्व (माघेसङ्क्रान्ति) संस्कृति महिमालाई उनले अत्यन्त सबल, सरल र सहज ढङ्गले आप्mनो कवितासङ्ग्रह ‘नवनी’मा व्यक्त गरेका छन् । प्रत्येक चाडहरूलाई ज्योतिर्मय, कञ्चन र क्लेशरहित बनाएर मान्न उनले प्रत्येक मानवहरूलाई आग्रहसमेत गरेका छन् । त्यतिमात्र नभएर गण्डकी ज्ञानधारा र कौशिकी ज्ञानधारा नदी सभ्यतालाई जीवनप्रदायिनी, ज्ञानभूमि र सभ्यता विकासका सापेक्षमा मुक्त भावमा वर्णन गरी तिनका धार्मिक–सांस्कृतिक आवाजहरूलाई कवि यसरी खोतल्न पुग्छन् नवनीमा–
मेरी हुन् यी स्वदेशी प्रबल गुणमयी गण्डकी ज्ञानधारा
हामी आफै सजाई सबसँग–सँगमा बग्दछिन् कान्तिधारा
सारा–सारा सुरम्या अवनितल सुखी बन्दछिन् दिव्यधारा
पाइन्छन् ती सुगम्या जन–सुख–विधिमा गण्डकी ज्ञानधारा ।
अहिंसा सदा धर्म आचारमाझ
सबै पूर्णता मिल्छ धारा समाज
सभामा यहाँ होस् कुरा अर्थपूर्ण
कुसंस्कार होस् सर्वदा चूर्ण–चूर्ण ।
यस्तै यस्तै प्रशस्तै गरी अठचालिस शीर्षकका कविताहरू रहेको यो कृतिमा उनको मुक्तकले समेत ठाउँ पाएको छ– पाँच मुक्तकका रूपमा । उनले आप्mना पाँच मुक्तकमध्ये एक पहिलो मुक्तकलाई पृष्ठ ११३ मा प्रस्तुत गरेका छन् भुजङ्गप्रयात छन्दमा यसरी–
कलाकारिताको खुला विश्व हेर
स्वयंमा रहेको नयाँ विश्व हेर
धरा हाँस्न सक्ने भएको समाज
सबै एक–एकै रही विश्व हेर ।
यो कविताले पनि हालको आश्चर्य चकित विश्व हेर्न, देख्न हँसीमजाकका साथ सम्पूर्ण व्यक्तिलाई उनले आह्वान गरेका छन् मनैदेखि यो आप्mनो मुक्तकमा ।
यिनका अठचालिसवटा कविताले अठचालिसवटै भावहरू बोकेका छन्– विविधताका साथ । यसकारण नेपाली साहित्यका साधक तथा अथकयात्री ठाकुर शर्मा भण्डारी नेपाली वाङ्मय जगत्का दृष्टान्तीय नायक भैmँ देखिन पुगेका छन् ‘नवनी’ कवितासङ्ग्रहका मार्फत । नेपाली लोक जीवनको संवेदनशीलतामाथिको व्यापक चरित्रलाई विम्बको रूपमा प्रस्तुत गर्दै स्वच्छन्द र शास्त्रीय छन्दको हस्तकौशल भर्दै आधुनिक नेपाली कविताको फाँटमा एक विशिष्ट आयामिक चेतनाका सिद्धहस्त कविका रूपमा आपूmलाई स्थापित गराउन पुगेका ठाकुर शर्मा भण्डारीको कवितामा राष्ट्रप्रेम, संस्कृतिप्रेम, सम्पदाप्रेम, स्वधीनता, स्वाभिमान, सामाजिकताजस्ता सप्तरङ्गी इन्द्रेणीतुल्य भावहरू पाइन्छ । त्यतिमात्र नभएर उनको कवितामा कतै आक्रोश, असन्तुष्ट कतै उत्साहसमेत पोखिन पुगेको छ ।
उनको कविताले पूर्वीय दर्शन, साहित्यचेतलाई अवलम्बन गरी समग्रमा उनका अधिकांश कविताहरूले मानवताको स्वरूप नै खोजेका छन् । शालीनतामा शिल्पको मृदुलतामार्फत अति सरल, सहज कविता लेखी जनताको मनमनमा बस्न सक्ने बिरलै कविमध्येका एक कवि हुन् ठाकुर शर्मा भण्डारी । उनका प्रत्येक कविता हृदयस्पर्शी छन् । उनका कविताले प्रत्येक पाठकको मन–मस्तिष्कलाई नवनी पूmल बनेर नै स्पर्शसहित आक्रमण गर्न पुग्छ । समाज, देश, शासन, संस्कृति, प्रकृति र बेथितिलाई नवीन तवरले विनिर्माण गर्न घच्घच्याउन पुग्छ । उनको कविता हठ–बलले भन्दा पनि मन–मस्तिष्कले लेखिएका छन्। शिल्प सो अनुरूप कुँदिएका छन् तसर्थ उनको यो कृति पाई, पढी नेपाली साहित्य धन्य र कृतकृत्य भएको छ ।
जिन्दगी चल्यो कहरबाट
कहिल्यै हरा नहुने कहरबाट
आपूmले आफैलाई चिन्नलाई
गुमनाम हुनु छ शहरबाट ।
आपूm हिँड्ने बाटो प्यारो लाग्छ
आफैको घाउको खाटो प्यारो लाग्छ
अरूको सुख चाहिँदैन हजुर
आप्mनै भूमिको माटो प्यारो लाग्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
