उर्ध्वगमन : धिरज बराल(लघुकथा)

उर्ध्वगमन : धिरज बराल(लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

हावाले उडाउँदै ल्याएको एउटा प्वाँखले लट्टाइसमक्ष आश्चर्य व्यक्त ग¥यो, “चंगा त कति माथि पुगेछ !”
लट्टाइले सोध्यो, “तिमीलाई पनि त्यति माथि पुग्न मन छ ?”
“हुन त, हावाले मलाई पनि साथ नदिएको होइन । तर जति उडे पनि त्यति माथि पुग्न भने कहिल्यै सकिनँ ।”
लट्टाइले धागो बेर्दै भन्यो, “चंगालाई राम्ररी हेर त ।”
प्वाँखले माथि हे¥यो ।
“अरे ! चंगा त झन् माथि जाँदैछ !”
लट्टाइ मुस्कुरायो ।
“..तर हावाकै भरमा उडिरहेको छ त !” प्वाँखले भन्यो ।
“त्यही नै तिम्रो भ्रम हो” लट्टाइले सम्झायो, “प्वाँख र चंगामा त्यही फरक छ ।”
“कस्तो फरक ?”
“तिमी हावासँग बग्छौ मात्र, तर चंगा हावाको प्रतिरोध गर्छ र माथि उठ्छ ।”

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।