गजल : लीलाराज दाहाल
कपन अनलाइन
काठमाडौं साउन १०।
हरेक दिन जसो मर्दैछ यो शहर
बाँचेजस्तो मात्रै गर्दैछ यो शहर !
हाहाकारमा सधैं रमाइरहन्छ
ईमानमा तल झर्दैछ यो शहर !
हुनेलाई छ सधैं यहाँ मोजमस्ती
नहुनेलाई आँखा तर्दैछ यो शहर !
समानता भनेको नारामा पाइन्छ
आफ्नै झोली मात्र भर्दैछ यो शहर !
बेइमानले लैजान्छ तक्माहरू त
तस्करमाथि भर पर्दैछ यो शहर !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
