तीन मुक्तक : लक्ष्मी स्मृति

तीन मुक्तक : लक्ष्मी स्मृति

कपन अनलाइन
काठमाडौं साउन १०।
अरुको हात समाउन जानेको छैन मैंले
र आँशु पनि थमाउन जानेको छैन मैंले
आऊ,म खुशी दिन्छु के भन्छौ र तिमी,
खुशी मै पनि रमाउन जानेको छैन मैले ।

जो सुकै सँग गरेर टक्कर देखाई सकेपछि
उनकै पछि काटेर चक्कर देखाई सकेपछि
ढुंगा त हैन, मनै त हो उन्को, किन नपग्लेला ?
हरेक पलमा लागेका ठक्कर देखाई सकेपछि ।

भुलेर खातका खात गम म नजिक आई हाल्छु
त्यो दिलमा बस्न हरदम म नजिक आई हाल्छु
भन्न मात्र नसकेको हो मेरो चाहना तिमी नै हौ
भन्छौ भने नि प्रियतम म नजिक आई हाल्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।