चार मुक्तक : अच्युत घिमिरे
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २ ।
नियतिसँग वचन मैले हारिसकें
जिउनु थियो जीवन मैले हारिसकें
थाहा हुन नदिइ वेदना लुकाएर
जित्छु भन्ने यो मन मैले हारिसकें ।
नकारात्मक कुरालाई गिड्नसिकेपछि
हारको पीडा लुकाएर भिड्न सिकेपछि
जीवन जिउन साच्चै सजिलो लाग्न थाल्छ
समयको योजनासँग हिँड्न सिकेपछि ।
थाहा थिएन भने कुरा भित्रको किन नाटक गर्नु
जानाजानी अपमान पवित्रको किन नाटक गर्नु
सम्बन्धकै जाल फिँजाएर फाइदा उठाउनेहरू
ठ्याक्कै अगाडि देखासिकी मित्रको किन नाटक गर्नु ।
दुखेको दिलसँग उस्तै दुखेको कलम परेछ दुखाइरहन्छ
मुटुको घाउमा डेट फेल भ’को मलम परेछ दुखाइरहन्छ
लेख्नलाई दुखेकै भावना प¥यो लेखेर सक्किएन कहिल्यै, पनि,
महोदय ! यी आँखाबाटै आँसुको बलम परेछ दुखाइरहन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
