याद : गंगा खड्का (लघुकथा)

याद : गंगा खड्का (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

“होइन, कति ओल्टोकोल्टो फेरेर अनिदो बसेको ?” रमोलाले सँगै सुतेकी छोरी रश्मीलाई भनिन् ।
“सुत्न त खोजेको हो नि, पटक्कै निद्रा लाग्दैन ।” रश्मीले झिँजो मान्दै फेरि कोल्टो फेरी ।
“सिरान हालेर सजिलोसँग सुते पो निद्रा लाग्छ त । सधैँ अप्ठ्यारो गरी सुतेको हुन्छ ।” रमोलाले सिरान हालेर सुत्न सुझ्याउँदै भनिन् ।
रश्मीले तरक्क आँसु काट्दै प्रश्न गरी “उसँग पारपाचुके गर्नुभन्दा अगाडि बिताएका पन्ध्र वर्षका यादहरू सिरानी हालेर सुतेपछि किन चाहियो अर्को सिरानी ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।