चार मुक्तक : ध्रुव खड्का

चार मुक्तक : ध्रुव खड्का

कपन अनलाइन

काठमाण्डौ ,फागुन १७।

आफ्ना कथा व्यथा चिसो सिरेटोमा घेरिन सक्छ
चियापसल अथवा कुनै भट्टी मदिरा हेरिन सक्छ
ती पसल हरुको विविधता, स्वाद र वातावरणले,
गराई सृजना माहोल अनौठो, बात फेरिन सक्छ ।

राम्रो गर्दैथिए नराम्रो भइदिएछ खै कसरी तानेर हेरे
दुनियाँको ठूलो अदालत भन्छन शुद्ध मन बानेर हेरे
भरोसा केवाल ईट्टा ढुङ्गाको थुप्रो मात्र भै दिएछ की,
कतै कमजोरी भएकोछैन ओल्टाइपल्टाइ छानेर हेरे ।

सोचेको दृश्य भैदिदा नसोचेको हुनु नै जिन्दगी रहेछ
रहर अनेकौं दक्षता सिमित भई रुनु नै जिन्दगी रहेछ
हल्का घमाइलो समय एकनासको हुदैन् भन्छन भन्न,
लाग्छन हिड्दा ठेस यहाँ सपना धुनु नै जिन्दगी रहेछ ।

जित्न नदीने भाग्य हार्न नचाहने म बिचको भिडन्त हो यो
घमसान युद्ध, दुबै टार्न नचाहने म बिचको भिडन्त हो यो
सधैं आफ्नोपक्षमा मात्र उदयमान सूर्यहुन्छ भन्ने ठाने मैले,
चाहेर पनि मायानै मार्न नचाहने म बिचको भिडन्त हो यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।