चार मुक्तक : शिव ज्ञवाली
कपन अनलाइन
काठमाण्डौ ,माघ २५।
भएपनि दिउँसै रात फरक पर्दैन
अरूले गरे पनी घात फरक पर्दैन
हामीहरू बीचमा साँचो माया भए,
भएपनि फरक जात फरक पर्दैन ।
आफैमा नराम्रो केही छैन बुझ्न सक्यौँ भने
छुर्पी पनि चाम्रो केही छैन बुझ्न सक्यौँ भने
सबै आफ्नो सोचमा फरक पर्दछ महोदय,
वास्तवमा हाम्रो केही छैन बुझ्न सक्यौँ भने ।
खै, मै माथि थुप्रिन्छन् दोष अनेक थरीका थाहै भएन
म नै गलत हो कि मेरो माया गर्ने तरिका थाहै भएन
सही गर्दा गलत हुन्छ, हाँस्न खोज्दा मन रुन्छ किन होला,
के गर्दा हराउलान् पीडा जीवन भरिका थाहै भएन ?
चुनावको बेलाका नेताको वचन जस्तै नहोस् है माया
आफ्नै सन्तानको हत्या गर्नेको मन जस्तै नहोस् है माया
कही कतै दाग नलाग्ने, कहिले नमर्ने अमर बनोस्,
परिवारसँग छुट्टाउने पापी धन जस्तै नहोस् है माया ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
