श्रम गर्दै मत माग्दै काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवार डा. बरुण अमात्य

श्रम गर्दै मत माग्दै  काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवार डा. बरुण अमात्य

कपन अनलाइन

काठमाण्डौ ,माघ २५।

काठमाडौँ क्षेत्र नम्बर ४ मा श्रम संस्कृति पार्टीका उम्मेदवार डाक्टर वरुण अमात्यले मत माग्न रोचक शैलीको उपयोग गरिरहेका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौँ क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका डा. अमात्यले अहिले मत माग्ने क्रम सँगसँगै विभिन्न क्षेत्रहरूको सरसफाईलाई पनि अगाडि बढाएका छन्।

श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ताहरूसँगै डाक्टर अमात्यले धोबीखोला सरसफाई तथा अन्य क्षेत्रमा पनि सरसफाईको क्रम अगाडि बढाउँदै जनताहरू माझ पुगिरहेका छन्।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा जन्मिएका डाक्टर अमात्यले यस निर्वाचनलाई संगठन विस्तार र जनताहरूको बीचमा पुग्ने माध्यमका रुपमा आफूले उपयोग गरिरहेको बताएका छन्

तपाइँको प्रतिक्रिया ।