ओखलढुंगा एमालेले तीन वडाध्यक्षलाई स्पष्टीकरण सोध्यो, कडा कारवाहीको तयारी

ओखलढुंगा एमालेले तीन वडाध्यक्षलाई स्पष्टीकरण सोध्यो, कडा कारवाहीको तयारी
कपन अनलाइन
काठमाण्डौ ,माघ २३।

नेकपा एमाले ओखलढुंगाले सूर्य चिन्ह लिएर निर्वाचित भएका तीन जना वडाध्यक्षलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

मोलुङ गाउँपालिका १ का वडाध्यक्ष कमलबहादुर बानियाँ, सोही गाउँपालिकाका वडा नं ६ का वडाध्यक्ष कमल तामाङ र चम्पादेवी गाउँपालिका ७ का वडाध्यक्ष सुरेशकुमार थापालाई स्पष्टीकरण सोधिएको हो ।

आज ओखलढुंगा सदरमुकाममा पत्रकार भेटघाटका क्रममा एमाले नेताहरुले पहिलो चरणमा २४ घण्टे स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआए निर्वाचन आयोगमार्फत पदमुक्त गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिएका थिए ।

यस्तै एमाले ओखलढुंगाले अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमल न्यौपाने र अशोक थापालाई पार्टीबाट निष्काशन गरेको छ । अन्य नेताहरु इच्छाकुमारी गुरुङ, उमेश कार्की र राजीव कट्वाललाई पनि स्पष्टीकरण सोधिएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले जानकारी दिनुभयो ।

नेता अम्बिरबाबु गुरुङले टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएपछि उनीसँगै खुल्ने नेता तथा वडाध्यक्षहरुलाई निष्काशन र स्पष्टीकरण सोधिएको हो ।

तपाइँको प्रतिक्रिया ।