एक अञ्जुलि फूल : मधुसूदनप्रसाद घिमिरे (संस्मरण )

एक अञ्जुलि फूल : मधुसूदनप्रसाद घिमिरे (संस्मरण )
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।
मेरा जीवनमा अनेक आरोह अवरोह आए गए । अझै आइरहने छन् पनि । जिन्दगिका बाँच्ने क्रममा अनेकलाई मैले गूरु माने म सधैँ चेला भइ रहे । मेरा गूरु मेरी आमा, पिताश्रीका साथै पढाउने काम सिकाउने सबै गूरु भए । तेति मात्र हैन भाइ, बहिना, पत्नी, नातिनातिना पनि कति कुरामा गूरु हुदै रहे । अब त म ठान्छु – “नदीनाला ढुुङ्गा माटा र रुख विरुवा पनि मेरा समय अनुसारका गुरु भइरहेका छन् ।
२०३० सालतिर मेरो नोकरी सामान्य प्रशासनमा हुन पुग्यो । मेरो वानी केही लेखिरहने थियो । अफिसको काम गरेर फूर्सद हुँदा आप्mना मनका भाव पोखिरहन्थिे । तर अरुलाइ देखाउन लाज डर लाग्थ्यो । मैले केही लेख्दै च्यात्दै गर्दा मेरा तत्कालिन हाकिम परशु प्रधानज्यूले देख्नु भएछ । मेरो च्यात्ने पाना च्यात्दै गर्दा मेरा हातबाट फूत्त तानेर हेर्नु भो । मलाई डर डर लाग्यो । उहाले हासेर भन्नु भो “अबदेखि लेखेर मलाई देखाउनु नच्यात्नु । म छपाइ दिन्छु ।” म त कति खुशी भए तेति बेला त्यस्को सिमाना छैन ।
त्यसै दिन होला २०३२ साल सायद असोज हुनुपर्छ । उहाले मेरा प्रेमिक कविता गीत लिएर मलाइ साथै लिइ अफिस समय सकिए पछि नयाँ सन्देश पत्रिकामा लैजानु भो । त्यहा निरोधराज पाण्डे जस्तो लाग्छ । उहासित कुरा गर्दा परशु सरले भन्नु भो – नयाँ पालुवालाई प्रोत्साहन दिनु पर्छ पाण्डे जि । यो तपाइकोे पत्रिकामा छाप्नोस् ।
उहाले खुशी हुदै भन्नु भो “लौ म छाप्छु । बाबु लेख्दै गर्नु है ।” म त अधिक खुशी भएँ । तेहि हप्ता छापियो । यसैगरी ०३४ सालमा उहाकै पहलमा ‘रत्नश्री’ पत्रिकामा मेरा पहिलो कथा “इच्छाहरू सलवलाउछन् मात्र” छापियो यसरि मेरो साहित्यिक यात्रा सुरु गराउने अरुको दुःख हेर्न नसक्ने साहित्यक मेरा गुरुसँग मेरा साहित्यिक यात्रा पहिलो चोटी २०५० मा नेपालगञ्ज महेन्द्र पुस्तकालयसम्म हुन पुग्यो ।
कहिले वासुशशि स्मृति परिषद्बाट मात्री भूमि साहित्य समाज हेटौडामा गइयो । कहिले विराट्नगर दार्जेलिङ्ग सिक्किम गान्तोक गइयो ।
उहासङ्ग हिडेका कति हो कति । उहाका सबै इष्ट्मित्रहरू कहाँ पनि म पुगे । बिहानी खाना खाए पछि उहासँगको भेट्ने कतै मनोरञ्जन कतै सामान्य भेट हँुदै कतै काम पनि रह्यो । उहा जिल्लातिर बस्दा हामी बीच फोन वार्ता अथवा चिठ्ठी आदानप्रदान हुन्थ्यो । उहा वाणी प्रकाशनको अध्यक्ष भए पछि मैले काठ्माडौ प्रतिनिधि भै वाणिको काम गर्ने मौका पनि मिल्यो । उहाले विराट्नगरमा हप्तै पिच्छे, महिनै पिच्छे कवि गोष्ठिको आयोजना गर्नुहुन्थ्यो । म कवि गोष्ठीमा भाग लिन काठामाडौँबाट बिराट्नगर जान्थे । म विराटनगर जाँदा उहाकै घरमा राख्नुहुन्थ्यो । उहाको अर्धाङ्गिनि बालसाहित्यकार कल्पना दिदिज्यूले पकाएको भात मिठो आतिथ्यमा मेरा धेरै समय बितेका थिए । अहिले ति सबै इतिहास भए । कल्पना दिदिज्यूप्रति पनि आभारि छु ।सधैँ आभारि रहने छु ।
तेतिखेर म सुन्थे “परशु प्रधान जहाँ पुग्छ, त्यहा साहित्यिक माहोल भइरहन्छ । उहालाइ त्योे समयको सकृयता देखेर त्यहा वौद्धिकहरू भन्थे – “परशु प्रधान पूर्वका अहिलेका मोतीराम हुन् ।” जसले आफू मात्र लेखक बन्दैन अरुलाइ पनि प्रोत्साहन दिइरहन्छ । उहा विराट्नगर रहदासम्म वाणी प्रकाशनवाट विभिन्न पुरस्कारहरू पनि वितरण भइ रहे ।
२०३० देखि मैले साथ पाएको मेरा साहित्यिक गूरु परशु प्रधान सङ्गको निरन्तरा सान्निध्यले अहिलेसम्म मेरा साना ठूला बाइस कृति प्रकाशन भए ।
उहासँगका मेरा सङ्गत सँगै हिड्ने काम लगभग साठी बर्ष जस्तो भयो । सधैँ अरुहरूलाई लेख्न प्रोत्साहन गर्ने लेखेका कुरा झर्काे नमानी हेरिदिने । मेरा पिता पछिका पिता सरह मैले मानेका मेरा गूरु २०८० को चैत्रमा हामीबाट सदाका लागि बिदा हुनुभयो ।
यो अपुरणीय नोक्सान नेपाली साहित्यले व्यहोर्नु प¥यो । मेरा जीवनले बिर्सेर बिर्सन नसक्ने मेरा पिता माता पछिका मेरो हित चिताउने साहित्यिक गूरु परशु प्रधानज्यूसँगको सान्निध्य बारे मैले लेखेर लेखिन्न । लेखियो भने ठूला उपन्यास बन्ला । त्यो छाप्ने हैसियत मसँग छैन । तर पनि मेरा रोएका मनले उहाँलाई एक अञ्जुलि फूल चढाएँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।