चार मुक्तक : गोविन्द शृङ्खला
कपन अनलाइन
काठमाण्डौ,माघ १० ।
तिम्रो ओठ चुम्दा भित्र प्रेम पलायो
समयले अनौठो के जादू चलायो
शान्त अनि शितल थियो मन मुटु,
प्रेमको अगेनामा आज मुटु जलायो ।
साथी बाटै लुकेर प्रहार भएपछि
आफन्त नै खुकुरीको धार भएपछि
विश्वास कस्को गर्नु हजुर दुनियामा,
बैरीसँग आफ्नै एकाकार भएपछि ।
केही काम गर्नलाई सम्भावना हुनु पर्छ
इच्छाशक्ति प्रस्ट, सघन र घना हुनु पर्छ
सच्याउनु कमी कमजोरी भलो यसैमा,
अन्ध समर्थन हैन, आलोचना हुनु पर्छ ।
हुरी पनि चल्दै थियो चाल पनि बढ्दै थियो
वर्षातको उत्कर्ष भो, मेघ पनि हट्दै थियो
झरी पछि उघ्रिएको सगरमा चारैतिर,
परितुष्ट प्रकृतिको लाली पनि चड्दै थियो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
