चार मुक्तक : रुपा रिसाल चालिसे

चार मुक्तक :  रुपा रिसाल चालिसे

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

अनुहार देख्दा चिनिन्न आत्म रक्षक हुन् भनी
बचनबोलीका भरमा ती सर्व भक्षक हुन् भनी
मुखले रामराम जप्दै रावणको भेषमै हिँड्दछ,
निधारमा चन्दनको लेप डस्ने तक्षक हुन् भनी ।

तुच्छ भावना क्लेष मनका शक्तिहरू लुछियो
विर्ता सम्झने पद बिउँझिदा विवादमा मुछियो
छड्के हान्ने प्रवृत्ति सदा मौलाएको छ हाटमा,
ईष्र्या डाहामा जल्नेको सिन्दुर जात्रा पुछियो ।

लासमाथिको रासहरूमा टुलुटुलु हेरि रहेकै छन्
महिषासुरको नयाँ रुप घरिघरि फेरि रहेकै छन्
छातीभित्र धढ्कने मानवीय चेतका मुटु भए पो,
दिनदहाडै ब्वाँसाहरूले चारैतिर घेरि रहेकै छन् ।

हिउँदमा फक्रिने कोपिलामा शीतले छोपिसकेछ
दाँयातिर बिझाउँने काँडाहरू हत्केला रोपिसकेछ
तुषारापात नबर्षाउनु निष्ठुरी माघे प्रित छल्नेगरी,
आत्मियता साँचू भन्थें मुटुमा किलो खोपिसकेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।