गजल : नवराज न्यौपाने ‘मौन’

गजल :  नवराज न्यौपाने ‘मौन’

कपन अनलाइन

काठमाण्डौ ,पुस १९।

बनेका थियौँ हामी किनारा भनेजस्तै
हटे आज बाधाका तगारा भनेजस्तै

तिमी शान्त आँखामा बसेकी बिहानी हौ
खुशी हुन्छु मायामा छ पारा भनेजस्तै

धरा हेर्छु सन्ध्यामा तिलस्मी छ चौपट्ट
तिमी छ्यौ कि टल्केको सितारा भनेजस्तै

निशामा रमाएको छु ताजा कहानीमा
बन्यौ आज धर्तीमा सहारा भनेजस्तै

सुहायो झनै पोते छ लाली लहरबद्ध
बुझेको छु प्यारीको इशारा भनेजस्तै

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।