गीत : ध्रुवराज थापा ’पुरुष’

गीत : ध्रुवराज थापा ’पुरुष’

कपन अनलाइन

काठमाण्डौ ,पुस १९।

हे दुप्चेश्वर, हे महादेव अब लगाऊ पार ।
यो जगतका दुःखीजनको अब लगाउ पार ।

सूर्यमतीको किनार अनकन्टार भिरमा छ तिम्रो बास ।
जन्म मृत्युको दलदलबाट तिमिले पार लगाउँछौँ भन्ने आश ।
हे दुप्चेश्वर बाबा हे दुग्धेश्वर बाबा गर्छौं प्रणाम नुहाई माथ ।
दोस्रो पशुपति नाम राखी योगी नरहरिले पनि दिए साथ ।

हे दुग्धेश्वर, हे पशुपति अब लगाउ पार ।
यो जगतका दुःखीजनको अब लगाउ पार ।

गौमाताको दुध पान गर्ने दुग्धेश्वर हो तिम्रो नाउँ ।
पछिपछि कहलियौ तिमी दुप्चेश्वर रह्यो तिम्रो नाउँ।
हे दुःख विनाशक, ग्रहदशा निवारक हे अपरम्पार ।
कष्टको भवसागरबाट निकालेर हटाउ दुःखको भार ।

स्वच्छ मनले माग्यो भने वर तिमीले दिन्छौ रे !
त्यसैले त सबै जातजातिको मनमा बास बसेका छौ रे !
मार्ग शुक्लपक्ष चतुर्दशी र पूर्णिमामा ठूलो मेला लाग्ने,
तिम्रो दर्शन गर्न वर्षैभरि भक्तहरूको ओइरो लागिराख्ने ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।