RIA IDOL (SINGING & DANCING) SEASON-15 सम्पन्न

RIA IDOL (SINGING & DANCING) SEASON-15 सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,पुस १५।

रिलायन्स इन्टरनेसनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको रिया आइडल प्रतियोगिता यस वर्ष पनि भव्यताका साथ सम्पन्न भएको छ । नृत्य र गायन विधामा विगत चौध वर्षदेखि भव्य रुपमा आयोजना हुँदै आएको यस कार्यक्रमको पन्ध्रौँ श्रृङ्खलामा नृत्य तर्फ २९ जना तथा गायन तर्फ १२ जना प्रतियोगीहरू अन्तिम प्रतिष्पर्धीका रुपमा सहभागी थिए ।

वरिष्ठ लोक गायक खुमन अधिकारीको प्रमुख आतिथ्य तथा रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष तथा रिलायन्स कलेजका प्राचार्य रविन्द्रजंग थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका इसिएसिसिए कोअर्डिनेटर श्रीधरप्रसाद पौडेल, शिक्षिका ज्यास्मिन केसी तथा मनिसा घलेले गरेका थिए ।

सो  प्रतियोगितामा नृत्य तर्फ पूर्व प्राथमिक, प्राथमिक र माध्यमिक समूहअन्तर्गत तीन—तीन जना गरी ९ जना र गायनतर्फ प्राथमिक र माध्यमिक समूहअन्तर्गत तीन—तीन जना गरी ६ जना सहित उत्कृष्ट १५ जना विद्यार्थीहरूलाई प्रमाणपत्र र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो । रिलायन्स इन्टरनेसनल एकेडेमीले कला, साहित्य, खेलकुद आदि गतिविधिलाई पढाइकै अभिन्न अंगका रुपमा सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरूको चौतर्फी व्यक्तित्व विकासका लागि दर्जनौँ विधामा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक भुवनेश्वरी पराजुली, रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा कलेज सहायक प्राचार्य नन्दु प्रसाद कुसवाहा, रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछाने, रिलायन्स को-एडका प्रिन्सिपल दशरथ ज्ञवाली रिलायन्स एजुकेसन नेटवर्कका शैक्षिक निर्देशक विरेन्द्र कुमार मेहता, लगायतका व्यक्तिहरुले सहभागीहरुको हौसला बढाएका थिए ।

रिलायन्स इन्टरनेसनल एकेडेमीका माध्यमिक तह संयोजक निरञ्जन थापाले स्वागत मन्तव्य प्रस्तुत गर्दै रिलायन्स इन्टरनेसनलले आफ्ना विद्यार्थी भित्र रहेको क्षमतालाई प्रस्फुटन गराउँदै क्षमता अभिवृद्धिका लागि योजनावद्ध रुपले कार्य गरिरहेको बताए ।

 

तपाइँको प्रतिक्रिया ।