काष्ठमण्डप र दीक्षालय फाइनलमा
कपन अनलाइन
काठमाण्डौ,पुस १।
आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ र दीक्षालय तेश्रो काष्ठमण्डप कप अन्तर्गत बास्केटबलको गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले इम्पेरियल वर्ल्डलाई ३३–७ तथा दीक्षालयले मातृभूमिलाई १९–१३ ले पराजित गरे ।
ब्वाइजमा टीआईएले बूढानीलकण्ठलाई ४४–२० तथा मातृभूमिले मल्पी सिटीलाई ६०–३७ ले हराउदै उपाधि भिडन्त पक्का गरे ।
फुटसल : मातृभूमि फाइनलमा
फुटसलको सिनियर ब्वाइजमा मातृभूमि फाइनलमा पुगेको छ । दोश्रो तथा अन्तिम सेमिफाइनलमा मातृभूमिले द एक्सेल्सियर स्कुललाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो। निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । फाइनलमा मातृभूमिको भेट वेदव्याससंग हुनेछ ।
जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ र विद्यावाणी पाठशाला फाइनलमा पुगे । काष्ठमण्डप ‘ए’ ले पुष्पाञ्जलीलाई ३–० तथा विद्यावाणीले एक्सेल्सियरलाई १–० गोलले हराए । सिनियर गर्ल्समा रातो बंगला र एभीएम उपाधिका लागि भिड्ने छन् ।
