एकै कल्स्टरको चुनावी मैदानमा रामेश्वर फुँयाल,कृष्ण राई र उद्धव खरेल

एकै कल्स्टरको चुनावी मैदानमा रामेश्वर फुँयाल,कृष्ण राई र उद्धव खरेल

कपन अनलाइन

काठमाण्डौ,पुस १।

नेकपा एमालेको ११ औ महाधिवेसनमा उपत्यका विशेष प्रदेस क्लस्टरमा काठमाण्डौ जिल्लाका दुई पुर्व अध्यक्ष सहित बुढानिलकण्ठ नगरपालिकाका पुर्व प्रमुखले उम्मेद्वारी दिएका छन।

नेकपा एमालेको केन्द्रीय सदस्य पदका लागि रामेश्वर फुँयाल, कृष्ण राई र उद्धव खरेलले उम्मेद्वारी दिएर महाधिवेसन स्थलमा मत माग्ने कामलाई तीव्रता दिएका छन।

काठमाण्डौ जिल्लाको भूगोललाई राजनीतिक क्षेत्र बनाएर क्रियाशील रहेका फुँयाल र राई नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको अध्यक्ष रहिसकेका छन भने खरेल बुढानिलकण्ठ नगरपालिकाका पुर्व प्रमुख हुन्।

काठमाण्डौ क्षेत्र नं ३ का दुई प्रभावशाली नेता फरक प्यानलबाट चुनावी मैदानमा उत्रिए पछि काठमाण्डौ एमालेको राजनीतिक माहोल गर्माएको छ।

नेता फुँयाल केपी ओलीको प्यानलबाट केन्द्रीय सदस्यका लागि मैदानमा छन भने राई र खरेल ईश्वर पोखरेल प्यानलबाट मैदानमा रहेका छन।

तपाइँको प्रतिक्रिया ।