चेल्सी वर्ल्डको दोहोरो जित
कपन अनलाइन
काठमाण्डौ,पुस २।
चेल्सी वर्ल्ड स्कुलले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । चेल्सीले दुवै सफलता गल्र्समा हात पर्यो ।
पहिलो खेलमा चेल्सीले केएमसीलाई ३२–१८ ले पराजित गर्यो । चेल्सीको जितमा तेन्जिङ कुसाङ शेर्पाले १४ अंक योगदान गरिन् । अर्को खेलमा तेन्जिङकै २० अंक सहयोगमा चेल्सीले बौद्ध चिल्ड्रेन हेभेन स्कुललाई ३४–२७ ले हरायो ।
गल्र्समै बौद्ध चिल्ड्रेनले बौद्ध इन्टरनेसनल स्कुललाई ४१–१७ ले पाखा लगायो । विजेताकी जस्मिनले ८ स्कोर गरिन् ।
ब्वाइजमा आयोजक मातृभूमि ‘बी’ ले बौद्ध इन्टरनेसनललाई ५५–४५ तथा काठमाडौं वल्र्ड स्कुलले प्यारागन पब्लिक स्कुललाई ४२–२३ ले पन्छाए । मातृभूमि ‘बी’ का प्रयास ढकालले १८ तथा काठमाडौं वल्र्डका खैङ लिनले १४ अंक बटुले ।
तपाइँको प्रतिक्रिया ।
