चार मुक्तक : दिपक गजमेर
कपन अनलाइन
काठमाडौं ,मंसिर १८।
मुक्तक १
उमेर थपिए हुन्छ ऋण थपिए हुन्छ
रुन हाँस्न केबल अतित सम्झिए हुन्छ
के तिमी कसैलाई मार्न चाहान्छौ,
अरू केही गर्न पर्दैन धोका दिए हुन्छ ।
मुक्तक २
भन केही बाँकी छ भने भन्न गल्ती हुँदैन
बन कस्तो मन लागेको छ बन्न गल्ती हुँदैन
तिम्रो नजरमा म सही भएर पनि गलत भएँ,
प्रिया सायद अब त मै रहन्न गल्ती हुँदैन ।
मुक्तक ३
उमेर यस्तै हो सोह्र सत्र आँखा लाग्छ क्या
राम्रो चिजलाई त सर्वत्र आँखा लाग्छ क्या
प्रिया तिमी फूल जस्तै छौ यति सुकोमल छौ,
कालो टीका लगाऊ नत्र आँखा लाग्छ क्या ।
मुक्तक ४
मासु सकिएछ कि के हो कान्छा ज्यानमा अचेल
भारिले पिठ्युँ बिझाउँछ निद छैन ओछ्यानमा अचेल
अब त थाप्लोको नाम्लो घाँटीमा झार्न पर्छ कि के हो,
पर्न छोडेको छु म कोही कसैको ध्यानमा अचेल ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
