महाधिवेसन प्रतिनिधिमा शिला लामाको दरिलो दावेदारी

महाधिवेसन प्रतिनिधिमा शिला लामाको दरिलो दावेदारी

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १२।

नेकपा एमाले काठमाण्डौ जिल्ला सचिवालय सदस्य शिला लामा ( सुजन) ले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा दरिलो दावी प्रस्तुत गरेकी छन।

२०४९ सालदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा होमिएकी लामाले बुढानिलकण्ठ नगरपालिका वडा नं  १२ को इन्चार्ज रहदा काठमाण्डौ जिल्लामै प्रथम वडा अधिवेसन सम्पन्न गरेर इतिहास निर्माण गरेकी थिइन्।

काठमाण्डौ क्षेत्र नं ४ को महिला क्लस्टरमा महाधिवेसन प्रतिनिधिको उम्मेद्वारी दिएकी लामाले नेकपा मसालमा आवद्ध हुदै राजनितिक यात्रा शुरु गरेकी थिइन्।

महिला आन्दोलनमा लामोया समयदेखि क्रियाशिल लामाले मङ्सिर १३ गते हुने महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सहयोग गर्नका लागि काठमाण्डौ क्षेत्र नं ४ का संगठित सदस्यहरुलाई अनुरोध गरेकी छन।

तपाइँको प्रतिक्रिया ।