काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने श्री कृष्ण श्रेष्ठको तयारी

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने श्री कृष्ण श्रेष्ठको तयारी

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ८।

काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने श्री कृष्ण श्रेष्ठले  तयारी गरेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा निर्वाचित भएर उल्लेखनीय काम  गरेका श्रेष्ठले पार्टीको निर्देशन मान्दै २०७९ सालको निर्वाचनमा संगठनमा सक्रिय बनेर जिताउन महत्वपूर्ण भूमिका निर्वाह  संगै अहिले उनलाई महाधिवेसन प्रतिनिधिमा दरिलो दावेदार मानिएको छ।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव रहेका श्रेष्ठ काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सहसचिव हुन् भने नगरपालिकाका विभिन्न समितिहरुमा  सक्रिय रहेका थिए।

साविक चुनिखेल गाविस रहेको अवस्थामा स्थानीय विकास निर्माणमा सक्रिय रहेर सामाजिक व्यक्तित्वको पहिचान बनाएका श्रेष्ठले २०७९ सालको स्थानीय तहको निर्वाचनमा प्रचारको कमाण्ड सम्हाल्दै सुखद नतिजा ल्याउन गरेको मेहनतको चर्चा काठमाण्डौ क्षेत्र नं ४ मा हुने गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।