सर्वसम्मत नभए महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने राजेन्द्र श्रेष्ठको तयारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ८।
काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने राजेन्द्र श्रेष्ठले तयारी गरेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ को सदस्य र २०७९ सालको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएर जनप्रतिनिधिका रुपमा सक्रिय रहेका श्रेष्ठले महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने तयारी गरेका हुन्।
लामो समयदेखि नेकपा एमालेको संगठन विस्तार र निर्माणमा सक्रिय रहेका श्रेष्ठ २०७४ मा वडा कमिटी सचिव र १०७९ मा अध्यक्षका रुपमा पनि क्रियाशील रहेका थिए।
पार्टी र स्थानीय सरकारको पुल बन्दै बुढानिलकण्ठ नगरपालिकाको विकास र नेकपा एमालेको विस्तारमा भूमिका निर्वाह गर्नका लागि आफुले दावी गरेको बताउदै जिल्ला कमिटी सदस्य समेत रहेका श्रेष्ठले सबैले सहयोग गर्ने अपेक्षा समेत ब्यक्त गरेका छन ।
तपाइँको प्रतिक्रिया ।
