गहकिलो सन्देश : मञ्जुश्री प्रधान के.सी. ‘रानु’ (छोटो कथा)

गहकिलो सन्देश : मञ्जुश्री प्रधान के.सी. ‘रानु’ (छोटो कथा)

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ६।

एकाबिहानै फोनको घण्टी बज्यो ।
“हेलो सर ! म वृद्धाश्रमबाट बोलिरहेको छु, आजको पत्रिकामा हजुरको कुकुर हरायो भन्ने फोटो छापिएको रहेछ, हजुरको कुकुर त हाम्रो आश्रममा आई पुगेको छ । हजुरको आमासँगै खुशीले रमाएर खेल्दैछ । हजुर आश्रममा आएर हजुरको कुकुर लिएर जान सक्नुहुन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।