घर : सुरेशकुमार पाण्डे (लघुकथा)
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ६।
“दाई कताबाट आउनुभयो ?” निरजले गंगाधरसँग सोध्यो ।
उनि एउटा वृक्षको छायाँमा बसेका थिए । दिउसोको एक बजे चर्को घाम थियो ।
“म औषधी लिन बाजार गएको थिएँ । अनि भाई कताबाट म पनि सानो कामले बजार गएको । गंगाधरले भन्यो ।
त्यही बेला एकजना भारी कुचुप्पै बोको व्यक्ति पनि त्यही रूखको तल भारि बिसायो ।
“राम कुमार के ल्यायौ ?” – गंगाधारले भर्खर भारी बिसाएको अधेड व्यक्तिलाई सोध्यो ।
“साहुको भारी हो दाई आफुले त के ल्याउनुथ्यो र ? “रामकुमारले बतायो ।
“हस् तिमी त बल्ल भारिबिसायौं अलि वेरसम्म बसौला ! हामी त धेरैवेर भयो यहाँ बसेको आउनु है हामी हिँड्यौँ ।” गंगाधरले बिदा लिएर उक्कालो लागे । ऊ त्यहीँ पसिना सुकाउँदै थियो ।
निरज र गंगाधर कुरा गर्दै हिँड्न थाले ।
“चिन्नुहुँदो रहेछ हजुरले तिनि दाईलाई”– निरजले सोध्यो ।
“हिजो जस्तै लाग्छ रामकुमारको घरबाट मानिसहरूले शीक्षा लिन्थे।कति राम्रो परिवार थियो । उनिहरूलाई खानपुग्ने खेत बारी प्रसस्तै थियो । उसको घरलाई त सबैले मन्दिर नै भन्दथे ।”
गंगाधरले बताए ।
“अनि के भयो र उन्को यस्तो हालत् भयो ?” –निरजले सोध्यो ।
“दुईभाइ छोरा थिए । एउटाले घरमै पढ्थ्यो । एउटालाई डाक्टर बनाउन विदेश पठायो । घरलाई धितो राखेर । तर पछि उतै एउटी मैयासँग आफै विवाह गरे छ । उसैले देखाई तमासा ।” – गंगाधरले भन्यो ।
“कस्तो तमासा?” – निरजले सोध्यो ।
“दुईभाई बिचमा विवाद पैदा गरेर घरबाट छुट्टी उसको लोग्नेलाई पढाउँदा लागेको ऋण तिर्न नसकेर बैंकले घर लिलाम गरायो । छोरा बुहारी छुट्टेर टाडा गएर बसे । कान्छा छोरा अझै पढ्दै छ । त्यो छोराको लागि पनि काम गर्नै प¥यो ।”
– गंगाधरले उसको अवस्थाबारे जानकारी गराए ।
“वाह कति अनौठो हुन्छ कुनै कुनै महिलाको व्यवहार । कसैको बिग्रिएको घर बनाइदिन्छन् कसैको घर सप्रेको घर बिगार्दिन्छन् ।” – निरजले निदार चाउरी पार्दै भन्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
