गोकर्णेश्वर नगरपालिका-७ शिवचोकमा एक महिला माथि खुकुरी प्रहार

गोकर्णेश्वर नगरपालिका-७ शिवचोकमा एक महिला माथि खुकुरी प्रहार

कपन अनलाइन

काठमाडौं, असोज २ ।

गोकर्णेश्वर नगरपालिका-७ शिवचोकमा ५१ वर्षीय सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो।

बिहीबार साढे ११ बजेतिर सीतादेवीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

उनीमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

खुकुरी प्रहारबाट घाइते भएकी महिलाको शंकरापुर अस्पताल नारायणटारमा उपचार भइरहेको छ।

तपाइँको प्रतिक्रिया ।