चार मुक्तक : भारद्वाज मित्र
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
ढुङ्गा भन्दा माटो सारो
माटोभन्दा पानी सारो
हाम्रो जिन्दगानी अझ
हावा पानीभन्दा सारो ।
सललल बगिजाने
आफैँसँग मनैै लाने
पूmलभन्दा कमलो छ
झरनाको सङ्लो पानी ।
छातीभरि कालोमैलो के पो दिन्छौ अर्ती
चिसोचिसो मन बोकी के को मायापिर्ति
समर्पित बन्ने भए फूल सँग सिक
आफैँ अर्पि माया गर्न बन्नुपर्छ धर्ती ।
बलमाथि बल थपे ठूलो बल बन्छ
छलमाथि छल गरे खलबल हुन्छ
हलचल गर्दै बडे बाटो उकालीमा
शिखरको ज्यूदो यात्रा आकाशै पो छुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
