टोपी : जगदीश्वर पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
पैचान यौटा हुनु पर्छ हाम्रो ।
पवित्रधर्ती जगमा छ राम्रो ।।
माथाहिमाली धरती सुरम्य ।
टोपी सबैको पहिचानगम्य ।।१।।
नेपालवासी सुर वीर हुन्छन् ।
संसार माथाहिम शैल छुन्छन् ।।
माथा धराको गिरि स्वर्ग पुग्छ ।
टोपीलगाएपहिचान खुल्छ ।।२।।
टल्किन्छ हीरासरिको मुहार ।
गर्नेछ रक्षाशिरको जुहार ।।
पहाड सग्लो हिम शृङ्खलाको ।
देखिन्छ मोतीसरि माथअग्लो ।।३।।
पोल्दैन माथा रविचर्किएर ।
बोल्दैन मान्छे पनि झर्केर ।।
बन्नेछ गङ्गा हिम पग्लिएर ।
मनुष्य राम्रो शिर अग्लिएर ।।४।।
हिमालमाथा गरिमा अगम्य ।
संसारमै दिव्यहुँदा प्रणम्य ।।
नेपाल आमा पहिचान मान ।
टोपीलगाए छवि बढ्छ शान ।।५।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
