मुक्तक : करुणा खत्री
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।
प्रदेशको बाटो म हिँड्दै छु रोइ,
मन भने घरमा नै रमाइरहेछ खोई ।
कमाइ त गरौँला सुनचादीथुपारी,
आमाको माया कसरी किनु त ओई ।।
पढ्ने समयमानिन्द्रा लाग्छ पल्टियो,
परीक्षाआयो कि मनै छ किन हरियो ।
किताबखोल्दा पढ्न अल्छी लाग्ने,
नतिजा हेर्दा मुटु काम्छ अनितर्सियो ।।
विकासको कुरा गर्छन् ठूला भाषामा,
सपना बेच्छन् खाली कागजकिताबमा ।
वर्षौबितेबाट उस्तै खाल्दा खुल्टी यहाँ,
सुनौ फेरि आशा सन्चुनापीजवानमा ।।
पढ्न त बसे म तर निन्द्राले छोप्यो,
किताबको अक्षर पनिनाचेर पो हिँड्यो ।
गुरुजीले प्रश्न सोध्दा म त टल्ल परे,
उत्तर दिन्छु भन्दाभन्दै घन्टी नै पो बज्यो ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
