सारथी पाठशालाका विद्यार्थीहरुको शैक्षिक भ्रमण सम्पन्न
कपन अनलाइन
काठमाडौँ, साउन २९/ आस्था श्रेष्ठ
बुढानिलकण्ठ नगरपालिका–६ मा अवस्थित सारथी पाठशालाले कक्षा २ (Peace) र कक्षा ३ का विद्यार्थीहरूको शैक्षिक भ्रमण सफलतापूर्वक सम्पन्न गरेको छ। छाउनीस्थित राष्ट्रिय संग्राहालय र सैनिक संग्राहालयमा गरिएको उक्त भ्रमणमा कक्षा २ (Peace) का १६ जना र कक्षा ३ का २८ जना विद्यार्थी सहभागी थिए।
साथै २ जना शिक्षिका र १ जना शिक्षक समेत भ्रमण टोलीमा सहभागी भएका थिए। विद्यार्थीहरूले भ्रमणका क्रममा इतिहास र संस्कृतिसम्बन्धी विभिन्न सामग्रीहरू नजिकबाट अवलोकन गरेका थिए ।
उनीहरूले सैनिकहरूले प्रयोग गर्ने हातहतियार, प्राचीन कपडा, भगवानका मूर्तिहरू, विभिन्न जातजातिको संस्कृति झल्काउने कलाकृतिहरू, राजाहरूका तस्बिर लगायतका थुप्रै सामग्रीहरू अध्ययन गर्ने अवसर पाए।
विद्यालयको वार्षिक क्यालेन्डरअनुसार आयोजना गरिएको यस भ्रमणले विद्यार्थीहरूको ज्ञानवृद्धि र सर्वाङ्गीण विकासमा टेवा पुग्ने विद्यालयका अतिरिक्त क्रियाकलाप विभागका प्रमुख बिक्रम थापाले जानकारी दिएका छन ।
(आस्था श्रेष्ठ सारथी पाठशालामा अध्ययनरत कपन अनलाइनकी प्रशिक्षार्थी पत्रकार हुन् )
