गीतकार नारायण खतिवडाको “मौनतामा पुरूष पनि कति रोएका होलान्” गीत सार्वजनिक
कपन अनलाइन
काठमाडौँ, साउन २९।
गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको सङ्गीत तथा प्रवीण भेडवालको स्वर रहेको “मौनतामा पुरूष पनि कति रोएका होलान्” गीत अन्तरास्ट्रिय डिजिट्ल प्लेट्फर्ममा नमस्ते नेपाल डिजिट्ल स्टूडियोबाट भिडियो सार्वजनिक गरिएको छ ।
हाम्रो समाजमा पुरूषका पीडाहरू प्राय: बाहिर आउदैनन्। उनीहरूमा पनि पीडा हुन्छन् तर प्राय:ले लुकाउछन्; बाहिर ल्याउदैनन्; भित्रभित्रै गुम्स्याएर राख्छन् । नेपाली समाजमा एउटा सोच छ “छोरा मान्छे भएर रूनु हुदैन” छ ।
साच्चै भन्नुपर्दा छोरा मान्छे रुने भनेकै एकान्तमा स्थानमा बन्न पुगेको अवस्था छ । यस बिषयमा गीतले गहिरो सन्देश दिएको छ कि पुरूषले आँसु झार्ने ठाउसम्म हुँदैन, तर आँसु त झरिरहेको हुन्छ – कि त मनभित्र कित एकान्तमा ! समाजमा बढदै गएको देखासिकी, प्रविधिको सही सदुपयोग नहुनु र एकपक्षीय रूपमा तर्जुमा गरेका कतिपय कानूनले गर्दा पनि यस्तो अवस्था बढ्दै गएको विभिन्न तथ्यहरूले देखाएका छन् । आजभोली धेरै पुरुषहरू पीडित हुँदै गएको अवस्था छ । यस्तो अवस्था भूषको आगो झै समाजमा भित्रभित्रै सल्कदै गएको छ ।
यस्तो अवस्थालाई राज्यले समयमै सम्बोधन गर्नुपर्ने देखिन्छ । अन्यथा भूषको आगो झै सल्किएको यस्तो सुसुप्त अवस्थाले समाजमा बिखण्डन ल्याउने खतरा देखिन्छ । नेपालमा पूरूषका पनि पीडा र चोटहरू हुन्छन् तर आवाज सुन्ने र राख्ने सम्बन्धमा स्पष्ट निकाय तोकिएको छैन । प्रहरी तथा अन्य निकायमा महिला, बालबालिका तथा ज्येठ नागरिक हेर्ने छुटै निकाय छन् ।
तर पुरुषका लागि भनेर नतोकिएका हुँदा पुरूषहरू प्राय: जानै चाहदैनन् । पुरूषहरू प्रताडित भएका धेरै घटनाहरू छन् त्यसको कारणमा कानून तर्जुमा गर्दा त्यसले पार्ने असर र प्रभावबारे अनुसन्धान नगरी हल्का रूपमा तयार गर्नु हो । तसर्थ कानून निर्माण गर्दा कुनै समूहलाई हेरेर बनाउनु भन्दापनि सबैलाई हित हुने समानतायुक्त कानून बनाउनु पर्छ । कानून निर्माता तथा कार्यान्वयन निकाय र कानूनी उपचारको बिध्यमान प्रावधान सुधार र परिमार्जन आवश्यक देखिन्छ ।
गीतमा भनिए झै कानूनको पालना हुदैमा सधै न्याय हुन्छ भन्ने निश्चित पनि हुदैन । वास्तबमा गीतले भनेजस्तै आजभोली कतिपय ब्यक्तिले कानूनको दुरूप्रयोग गरी स्वार्थ पूरा गर्नेतर्फ बढ्दै गएको अवस्था रहेको हुँदा कानूनहरूको समीक्षा गर्नुपर्ने बेला आएको छ । गीतको भिडियोमा शोभा खडका, महेश्वर खतिवडा, सन्तोष धिमाल, मैयाँ खडका, गणेशकुमार ढकाल लगायतको अभिनय रहेको छ ।
गीतको निर्देशन खतिवडा आफैले गरेका हुन् भने सम्पादन बिकाश धमलाको रहेको छ । खतिवडाका यस भन्दा अगाडि पनि थुप्रै गीतहरू र पुस्तक समेत सार्वजनिक भएका छन् ।
