श्री बालहित माध्यमिक विद्यालयमा गणित शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाडौँ, साउन २५।
श्री बालहित माध्यमिक विद्यालय, निस्दी–२, पाल्पाले गणित विषयका लागि एक जना माध्यमिक तह तृतीय श्रेणी करार शिक्षकको आवश्यकता भएको जनाएको छ। विद्यालयको २०८२ साउन १५ गते बसेको विद्यालय व्यवस्थापन समिति बैठकको निर्णय र शिक्षा विकास तथा समन्वय इकाईको पत्रानुसार यो सूचना जारी गरिएको हो।
विज्ञापन नं. ०१/२०८१/८२ अनुसार, आवेदन खुला भएको मिति साउन १५ गतेदेखि साउन २५ गतेसम्म रहनेछ। उम्मेदवारले कम्तीमा विज्ञान संकायमा स्नातक तह उत्तीर्ण गरेको र उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
पदको विवरण
-
पद: शिक्षक
-
स्तर: माध्यमिक तृतीय श्रेणी (गणित)
-
संख्या: १ (एक जना)
-
तलब: प्रचलित दरअनुसार
-
परीक्षा शुल्क: रु. १००० (एक हजार रुपैयाँ)
-
परीक्षाको किसिम: लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक
-
परीक्षा मिति र स्थान: सम्पर्क मितिमा जानकारी गराइनेछ
आवश्यक कागजातमा नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, र आवश्यक प्रमाणपत्रका प्रतिलिपिहरू अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
विस्तृत जानकारीका लागि विद्यालयको फोन नं. ९८७४६५६५०६, ९८५७०२३५४९, ९८४७६६६९९६ मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।
