चार मुक्तक : विकल त्यागी

चार मुक्तक : विकल त्यागी

कपन अनलाइन

काठमाडौँ, साउन २४।

मन बिगारे शरीर मैलिदै जान सक्छ
पन बिगारे सँस्कार मासिदै जान सक्छ
बहुत सचेतनाकासाथ पाइला चलाउँ
तल बिगारे शिखर भासिदै जान सक्छ ।

एकपटक ऐया ! नभनी ढल्न पाउँ
एकपटक आत्था ! नभनी जल्न पाउँ
के गर्ने ? जन्मेपछि मर्ने पर्ने रहेछ एकदिन
कसैलाई दुःख नदिइ चित्तामा चढ्न पाउँ ।

म तिम्रो निम्ति अष्टमीको बोको हुन सक्दिन
म तिम्रो निम्ति अचारको पोको हुन सक्दिन
एकसाथ बाँच्ने मर्ने कसम नखाने हो भने
म तिम्रो निम्ति स्वार्थको धोको हुन सक्दिन ।

हिमाल तातोले तपतपी पग्लेला जस्तो छ
समुद्र डढेलोले दनदनी दन्केला जस्तो छ
ग्लोबल वार्मिङको दुष्प्रभाव बढ्दै गएपछि
पृथ्वी नै घामको डल्लो भएर सल्केला जस्तो छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।