चार मुक्तक : सपना अधिकारी

चार मुक्तक : सपना अधिकारी

कपन अनलाइन

काठमाडौँ, साउन २४।

१. अनुभव
जिन्दगीले केही सिकाए जस्तो लाग्छ,
अझै केही सिक्न बाँकी छ जस्तो लाग्छ ।
हिजोको दिन सम्झिदा दुःख लाग्छ,
आजसम्म जे सिके—ढिलो भयो कि जस्तो लाग्छ ।
२. पछुतो
बोल्नुपर्ने बेला चुप लागियो शायद,
चल्नुपर्ने बाटा छोडियो शायद ।
सबैलाई खुशी पार्ने दौडमै,
आफ्नै मन कतै हरायो शायद ।
३. संघर्ष
भित्रभित्रै लडाइँ छ, बाहिर मुस्कान बाँड्नुपर्ने,
टुटेका सपना टाल्दै आशाको रङ् छ्याप्नुपर्ने ।
जीवन यही हो भन्ने कुरा बुझिँदै छ,
तर बुझ्दाबुझ्दै समय हातबाट सर्छ जस्तो लाग्छ ।
४. आशा
ढिलो सही, तर चेतिएको छु अब,
घामसँग हिँड्न, छायाँ फेरेको छु अब ।
हिजोको गल्तीले सिकाएको पाठ छ,
भोलिको उज्यालो बनाउने विश्वास साथ छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।