कमला देवी माध्यमिक विद्यालयमा विज्ञान विषयका शिक्षक माग
कपन अनलाइन
काठमाडौँ, साउन २१ ।
मकवानपुरको केलास गाउँपालिका–२ स्थित श्री कमला देवी माध्यमिक विद्यालयले निम्न माध्यमिक तह (अस्थायी करार) मा विज्ञान विषय अध्यापन गराउने एक जना शिक्षकको आवश्यकता भएको जानकारी गराएको छ।
विद्यालयमा रिक्त रहेको दरबन्दीको स्थानमा नियुक्तिका लागि २०७८ साल साउन १७ गतेको गा.पा. कार्यपालिकाको निर्णय तथा प्राप्त स्वीकृतिअनुसार आवेदन आह्वान गरिएको हो।
पद विवरण:
-
पद: निम्न माध्यमिक तह शिक्षक (विज्ञान विषय)
-
शैक्षिक योग्यता: I. Ed (विज्ञान) उत्तीर्ण
-
सेवा प्रकृति: अस्थायी (करार)
-
तलब सुविधा: नेपाल सरकारद्वारा तोकिएअनुसार
-
दरखास्त दस्तुर: रु. १,५०० (अक्षरेपी एक हजार पाँच सय मात्र)
उमेर सीमा:
-
न्यूनतम १८ वर्ष पूरा भई अधिकतम ४० वर्ष ननाघेको
परीक्षा विवरण:
-
परीक्षा प्रकार: लिखित, मौखिक तथा आवश्यक परेमा प्रयोगात्मक
-
दरखास्त दिने अन्तिम मिति: २०८१ भदौ २ गते दिउँसो ४:०० बजेभित्र
-
परीक्षा मिति: २०८१ भदौ ७ गते (सम्पर्क गर्दा जानकारी गराइनेछ)
आवश्यक कागजातहरू:
-
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
-
नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
-
अध्ययन अनुमतिपत्रको प्रतिलिपि
-
बायोडाटा (सिएभी)
-
कार्यानुभव भएमा प्रमाणपत्र
-
२ प्रति पासपोर्ट साइजको फोटो
-
हस्ताक्षरित निवेदन
सम्पर्क:
श्री कमला देवी माध्यमिक विद्यालय
स्थान: केलास गाउँपालिका–२, थाहा डुडु, मकवानपुर
फोन: ९८४५०६३८४८ (प्रा.), ९८४३०६३९३४ (अध्यक्ष)
विद्यालय प्रशासनले तोकिएको समयसीमा भित्र योग्य उम्मेदवारहरूले सम्पूर्ण कागजातसहित दरखास्त दिनुहुन अनुरोध गरेको छ। दरखास्त समयमा नआएको वा अपूर्ण भएमा विचार नगर्ने स्पष्ट गरिएको छ।
