बाल विकास बोर्डिङ हाई स्कुलमा अङ्ग्रेजी विभागद्वारा हिज्जे प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौँ, साउन २२ ।
काठमाडौँ जिल्लाको उत्तरी भेगमा अवस्थित बाल विकास बोर्डिङ हाइ स्कुलको अङ्ग्रेजी विभागद्वारा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न गरियो। सो प्रतियोगिता कक्षा २-४ ,कक्षा ५-७ र कक्षा ८-१० गरी तीनवटा चरणमा आयोजना भएको थियो । पहिलो चरणको २ देखि ४ सम्मको समूहमा रातो सदन प्रथम भएको थियो जसमा कक्षा ४ की दिक्षेन तितुङ ,कक्षा ३ की प्रशंसा गिरी र कक्षा २ की नयुङ्मा लामा सहभागी भएका थिए ।
त्यसैगरी हरियो सदनले दोस्रो स्थान हासिल गरेको थियो जसमा परीश्री थापा ,प्रशंसा सिंह र शिक्षा बिष्टले प्रतियोगीको रूपमा सहभागिता जनाएका थिए । तृतीय स्थान भने नीलो सदनले ओगटेको थियो जसमा कक्षा २ का समिर गुरुङ ,कक्षा ३ की खुसी भुजेल र कक्षा ४ की कृतिका चन्दले सहभागिता जनाएका थिए । कक्षा ५ देखि ७ सम्मको समूहमा पहेँलो सदनले प्रथम स्थान हासिल गरेको थियो जसमा कक्षा ५ की अनिता राई ,कक्षा ६ की रजिता पण्डित र कक्षा ७ का शुभन भण्डारीले सहभागिता जनाएका थिए ।
दोस्रो स्थान भने हरियो सदनबाट कक्षा ५ का सन्दीप नेपाली ,कक्षा ६ का रुद्रबहादुर थापा र कक्षा ७ का विशाल खनालका समूहले ओगट्न सफल भएको थियो । कक्षा ८ देखि १० सम्मका समूहमा पहेँलो सदनले अग्र स्थान कायम गरेको थियो जसमा कक्षा ८ बाट अंशु श्रेष्ठ र संयुक्ती भण्डारी ,कक्षा ९ बाट अंशु कुँवर र कक्षा १० बाट निम्पसी शेर्पा पहिलो स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसैगरी कक्षा ८ का विवश शाही, कक्षा ९ का रिन्चेन तितुङ र अंकित लामा , कक्षा १० की रायना श्रेष्ठ सहभागी रहेका नीलो सदनले दोस्रो स्थान हासिल गरेको थियो ।
तेस्रो स्थान भने हरियो सदनले ओगटेको थियो जसमा कक्षा ८ का जेनिश शाही ,कक्षा ९ का कपिल बिष्ट र अमिन तामाङ ,कक्षा १० का सेवन गिरीले सहभागिता जनाएका थिए । कार्यक्रममा अङ्ग्रेजी विभाग प्रमुख किशोर के. सी ले विजयी विद्यार्थीलाई बधाई ज्ञापन गर्दै शुभकामना मन्तव्य दिनुएका थिए भने विद्यालय संयोजक लक्ष्मण तितुङले विजयी विद्यार्थीलाई आकर्षक पुरस्कार वितरण गरेका थिए ।

