सैनिक आवासीय महाविद्यालयमा गणित शिक्षकको माग !
कपन अनलाइन
काठमाडौँ, साउन २१ ।
सैनिक कल्याणकारी कोषअन्तर्गत सञ्चालित सैनिक आवासीय महाविद्यालय, बर्दिबासले गणित विषयको शिक्षक पदमा करार सेवामा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सूचना अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २०८१ साल साउन ३ गते बिहान १०:०० बजेभित्र दरखास्त बुझाउन सक्नेछन्।
महाविद्यालयले खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने भएको र पदपूर्तिका लागि पूर्णकालीन करार सेवाको व्यवस्था रहने बताइएको छ।
पद विवरण:
-
पद: जेटी (गणित)
-
संख्या: १ जना
-
सेवा अवधि: पूर्णकालिन करार
-
योग्यता: सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी न्यूनतम ५० प्रतिशत अंक प्राप्त गरेको, अध्यापन अनुमति पत्र भएको, प्रथम श्रेणी उत्तीर्ण गरेको र अङ्ग्रेजी भाषामा दक्षता भएको उम्मेदवारलाई प्राथमिकता दिइने
दरखास्त विवरण:
-
दरखास्त दस्तुर: रु. ८००
-
दरखास्त बुझाउने स्थान: सैनिक आवासीय महाविद्यालय, बर्दिबास, महोत्तरी
-
अन्तिम मिति: २०८१ साउन ३ गते बिहान १०:०० बजेसम्म
दरखास्तमा संलग्न गर्नुपर्ने कागजातहरू:
-
व्यक्तिगत विवरण (CV)
-
नागरिकताको प्रमाणपत्र
-
शैक्षिक प्रमाणपत्रहरू र ट्रान्सक्रिप्टहरू (SEE देखि माथिको तहसम्म)
-
चरित्र प्रमाणपत्र, माइग्रेसन वा समकक्षता प्रमाणपत्र
-
अनुभव प्रमाणपत्र
-
हालसालै खिचिएको पासपोर्ट साइजको फोटो – २ प्रति
-
स्वास्थ्य परीक्षण प्रमाणपत्र
-
सैनिक पृष्ठभूमि भएका उम्मेदवारले सम्बन्धित प्रमाणहरू
परीक्षा प्रक्रिया:
-
शॉर्टलिस्टिङ
-
लिखित परीक्षा
-
प्रयोगात्मक परीक्षा
-
अन्तर्वार्ता (अङ्ग्रेजी माध्यममा)
थप जानकारीका लागि ०४४–५०३०२३ वा ९८५४०३०००० मा सम्पर्क गर्न सकिनेछ। साथै महाविद्यालयको वेबसाइट www.sambm.edu.np मा पनि विवरण हेर्न सकिने छ।
