बुढानीलकण्ठ आश्रममा ब्रह्मलीन गुरुदेव स्वामी चन्द्रेशको पुण्यतिथिमा विशेष कार्यक्रम हुने

बुढानीलकण्ठ आश्रममा ब्रह्मलीन गुरुदेव स्वामी चन्द्रेशको पुण्यतिथिमा विशेष कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं , साउन २१।

बुढानिलकण्ठ  आश्रम तथा बुढानीलकण्ठ आश्रम स्कूलका संस्थापक ब्रह्मलीन गुरुदेव परमसंस् स्वामी चन्द्रेशको दोस्रो वार्षिक पुण्यतिथिको अवसरमा बुढानीलकण्ठ आश्रममा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ।

कार्यक्रम २०७८ साल श्रावण २२ गते बिहीबारको दिन बुढानीलकण्ठ आश्रम स्कूल परिसरमा आयोजना हुने छ। कार्यक्रममा होम, यज्ञ तथा भण्डाराको आयोजना गरिनेछ। आयोजकले स्वामी चन्द्रेशप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा पुण्यतिथिको अवसरमा आयोजित धार्मिक कार्यमा सहभागी हुन सबैलाई हार्दिक निमन्त्रणा गरेका छन्।

कार्यक्रम विवरण:

  • मिति: २०७८ श्रावण २२ गते, बिहीबार
  • स्थान: बुढानीलकण्ठ आश्रम स्कूल
  • समय: बिहान ११:३० बजेबाट सुरू
  • सम्पर्क: ९८५१११९५५५, ९८५१२५५२९२, ९८५११४५८४८

कार्यक्रमको आयोजना बुढानीलकण्ठ आश्रम तथा बुढानीलकण्ठ आश्रम स्कूल परिवारद्वारा गरिएको हो।

तपाइँको प्रतिक्रिया ।