मन्जरी सेकेण्डरी स्कुलको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

मन्जरी सेकेण्डरी स्कुलको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, साउन २१ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको मन्जरी सेकेण्डरी स्कुलको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
बुढानीलकण्ठ नगर प्रमुख  मीठाराम अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जिपिए ४ प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो।

सो  कार्यक्रममा वडा नम्बर ४, ६ र ८ का वडा अध्यक्षहरु क्रमशः श्रीराम के. सी. , रबि खडका र सुमन तामाङको उपस्थिति रहेकोे थियो भने  वडा नम्बर ६ का वडा सदस्य मेनुका भुसाल र मुना देसार महर्जन, ७ का अनिता मिजार, ८ का मैना पराजुली र गोमा मङराती पनि  उपस्थित रहेका थिए।

विद्यार्थीहरुको रचनात्मक प्रस्तुति रहेको उक्त  कार्यक्रममा बुढानीलकण्ठ शिक्षा शाखाका श्रोतब्यक्ति जय कुमार श्रेष्ठ , केन्द्रिय प्याब्सन सदस्य लोकेन्द्र बहादुर खडका, प्याब्सन प्रदेश कमिटी सदस्य तथा LEADS अध्यक्ष बिष्णु चन्द्र अधिकारी, प्याब्सन बुढानीलकण्ठ अध्यक्ष राधेश्याम श्रेष्ठ, जिल्ला कमिटी सल्लाहकार जे. बी. हमाल , जिल्ला कमिटी सदस्य राजकुमारी श्रेष्ठ , नगर कमिटी सचीव कृष्ण प्रसाद लामिछाने, नगर कमिटी सदस्य प्रदीप कटेल, अनिता मिलन स्कुलका प्रधानाध्यापक शिशिर अधिकारीको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा जि.पी. ए. ४ प्राप्त गर्ने २ जना विद्यार्थी कियान्स कुशवाह र प्रेरणा खत्री लगायत सम्पुर्ण विद्यार्थी लगायत सम्पुर्ण उत्तीर्ण विद्यार्थीलाई नगद रकम सहित सम्मान गरिएको प्रधानाध्यापक टिका गौतमले जानकारी दिएका छन।

बिद्यालय निर्देशनक डम्बरसिंह गुरुङको अध्यक्षता रहेको कार्यक्रम  बिद्यालय प्रशासक बिकास देवानले  संचालन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।