नवप्रवर्तनमार्फत शिक्षकहरूलाई सशक्त बनाउँदै ट्रुनग्राम इन्टरनेसनल एकेडेमी: ३ दिने शिक्षक तालिम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, साउन १८।
बुढानीलकण्ठ, हट्टीगौंडा–७, काठमाडौं ट्रुनग्राम इन्टरनेसनल एकेडेमीमा साउन १३ देखि १५ गतेसम्म तीनदिने “शिक्षक तालिम कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपाली, सामाजिक अध्ययन, विज्ञान, गणित, अङ्ग्रेजी तथा प्राइमरी सेसनका सम्पूर्ण शिक्षकहरूको सक्रिय सहभागिताले विद्यालयमा गुणस्तरीय शिक्षण र विद्यार्थीको संलग्नता बढाउने दिशातर्फ ठोस कदम चालेको विद्यालयले जानकारी दिएको छ ।
तालिमको पहिलो दिन कक्षाकोठा शिक्षणमा ICT को एकीकरण तालिमको पहिलो दिन “कम्प्युटर विज्ञान विभाग”द्वारा सञ्चालन गरिएको थियो । विभाग प्रमुख “उज्ज्वल रिजाल” तथा विभागका शिक्षकहरू ” बिकाश चौधरी” र ” प्रज्वल ठकुरी” ले सत्र सञ्चालन तथा सहजीकरण गरेका थिए ।
सो दिन कक्षाकोठामा ICT को प्रभावकारी प्रयोग शिक्षामा कृत्रिम बौद्धिकता (AI) को प्रयोग Google Extensions र अन्य डिजिटल प्लेटफर्महरूको प्रयोगात्मक अभ्यास प्रविधिको माध्यमबाट विद्यार्थी सिकाइलाई प्रवर्द्धन गर्ने रणनीतिहरू शिक्षकहरूले कसरी डिजिटल उपकरणको प्रयोगद्वारा पाठ प्रस्तुतीकरण सुधार्न, मूल्यांकन प्रक्रिया सहज बनाउन र अन्तरक्रियात्मक सिकाइ वातावरण निर्माण गर्न सकिन्छ भन्ने विषय रहेका थिए ।
त्यस्तै दोश्रो दिन Petals Academy द्वारा हस्तलिपि तालिम तालिमको दोश्रो दिन “Petals Academy” का दुई विज्ञ प्रशिक्षकहरूले अंग्रेजी हस्तलिपिमा केन्द्रित तालिम सञ्चालन गरेका थिए जसमा मानक हस्तलिपि ढाँचा र प्रविधिहरू विद्यार्थीहरूलाई मिलेको, पठनीय हस्तलिपि विकास गर्न सहयोग गर्ने तरिका लेखनमा निरन्तरता र संरचनाको महत्व सत्रको अन्त्यमा सहभागी शिक्षकहरूबीच हस्तलिपि प्रतियोगिता गरिएको थियो ।
यसैगरी तेस्रो दिन प्रा. बौद्धराज निरौलाद्वाले पाठ योजनाको प्रविधि शिक्षक–विद्यार्थी अन्तरक्रिया प्रभावकारी बनाउने तरिका आलोचनात्मक सोच विकास गर्न ब्रेनस्टोर्मिङ विधिहरू “Bloom’s Taxonomy” को परिचय र कक्षामा यसको प्रयोग, कक्षाकोठा आधारित जीवन्त उदाहरणहरूद्वारा शिक्षकहरूलाई व्यावहारिक ज्ञान प्रदान गरेका थिए।
