: ग्रामोदय युगकवि सिद्धिचरण माविमा वरिष्ठ कृषि प्रशिक्षक आवश्यक !
कपन अनलाइन
काठमाडौँ, साउन १६।
ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय, लिखु गाउँपालिका–६, गाम्नाङटार, ओखलढुंगाले एक जना वरिष्ठ कृषि प्रशिक्षकको आवश्यकतासम्बन्धी सूचना सार्वजनिक गरेको छ।
विद्यालयका अनुसार लिखु गाउँपालिकाको सिफारिसमा खुला प्रतिस्पर्धात्मक परीक्षाद्वारा करार सेवामा नियुक्तिका लागि आवेदन माग गरिएको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्ने विद्यालयले जानकारी दिएको छ।
आवश्यक विवरण:
-
पद: वरिष्ठ कृषि प्रशिक्षक
-
पद संख्या: १
-
योग्यता: कृषि विषयमा स्नातक तह उत्तीर्ण (मान्यता प्राप्त शिक्षण संस्थाबाट)
-
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
-
सेवा सुविधा: सरोकारवाला निकायको नियमअनुसार
-
दरखास्त दस्तुर: रु. ७५०
-
नियुक्ति प्रकार: करार
-
परीक्षा मिति: २०८२/०४/२६
-
दरखास्त दिने अन्तिम मिति: २०८२/०४/२५ कार्यालय समयसम्म
बुझाउनु पर्ने कागजातहरू:
-
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि – २ प्रति
-
नागरिकताको प्रमाणपत्र – २ प्रति
-
प्रमाणित अनुभव प्रमाणपत्र
-
दरखास्त फारम
इच्छुक उम्मेदवारले आवश्यक कागजात विद्यालयको इमेल (yourgramodaya2020@gmail.com) मा पठाउन वा विद्यालयमा आफै बुझाउन सक्नेछन्। थप जानकारीका लागि विद्यालयका सम्पर्क नम्बर ९८४९०१३७८६ र ९८४८९२२१४५ मा सम्पर्क गर्न सकिनेछ।
