टोखा प्याब्सनको नगरस्तरीय फुटसल आजदेखि हुदै

टोखा प्याब्सनको नगरस्तरीय फुटसल आजदेखि हुदै

कपन अनलाइन
काठमाडौँ, साउन १५।

टोखा नगरपालिका भित्रका प्याब्सनमा आबद्ध संस्थापक विद्यालयहरूबीच नगरस्तरीय प्रथम फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता श्रावण १५ र १६ गते दुई दिन सञ्चालन हुने प्याब्सन टोखा नगर समितिका अध्यक्ष अरुणकुमार केसीले जानकारी दिए ।
टोखा प्याब्सनद्वारा आयोजित यस प्रतियोगितामा तीन विधामा खेल सञ्चालन हुनेछ— सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्स (खुला)मा खेल हुनेछ ।  कार्यक्रम संयोजक तथा प्याब्सन टोखा नगर कोषाध्यक्ष दिपेन्द्र थापाका अनुसार प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २१ टिम, जुनियर ब्वाइजतर्फ १४ टिम र ओपन गल्र्सतर्फ ७ टिमले सहभागिता जनाउने छन् ।
खेल सञ्चालनका लागि दुई वटा भेन्यु तोकिएको छ । प्रतियोगिता समापन श्रावण १६ गते शुक्रबार गरिनेछ । समापन समारोहमा विजेता टिमहरूलाई ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
बुधबार, श्रावण १४ गते आयोजित पत्रकार सम्मेलनमा प्याब्सन नगर समिति सदस्य तथा आयोजक टोलीका प्रतिनिधिहरू शिव थापा, रोशन कट्टेल, मनोज आचार्य र हरिदास श्रेष्ठको उपस्थिति रहेको थियो ।
टोखा प्याब्सनद्वारा आयोजना गरिएको यो प्रतियोगिता प्याब्सनको तर्फबाट नगरस्तरमै पहिलोपटक सञ्चालन हुन लागेको हो, जसले विद्यार्थीहरूको शारीरिक विकाससँगै आपसी मित्रता र सहकार्यलाई समेत प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।