गोल्फुटारमा आज चर्चित कलाकारहरुको प्रस्तुती हुने
कपन अनलाइन
गैलफुटार, साउन ८।
गोल्फुटारमा जारी गोल्फुटार सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१ अन्तर्गत आज ४ बजे देखि विशेष सांगीतिक कार्यक्रमको आयोजना हुँदैछ। महोत्सवको आठौं दिन विभिन्न चर्चित कलाकारहरूद्वारा सांगीतिक प्रस्तुति दिइने कार्यक्रम रहेको छ।
आजको कार्यक्रममा लोकप्रिय गायिका राधिका ढकाल र गायक भोजराज काफ्लेले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै, चर्चित उद्घोषकद्वय रमेश मेलोडी र बिनोद लामाको विशेष प्रस्तुति पनि रहनेछ।
यस महोत्सवमा बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ तथा महाकाल युवा क्लबको विशेष सहयोग रहेको छ भने कार्यक्रमको आयोजना **संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.**ले गरेको हो।
स्थानीय उत्पादनको प्रवर्द्धन र नेपाली सांस्कृतिक विविधताको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा प्रत्येक दिनजसो नयाँ कलाकारहरूको प्रस्तुति र व्यवसायिक स्टलहरूद्वारा विशेष आकर्षण प्रस्तुत गरिँदै आएको छ।
आजको सांगीतिक साँझले दर्शकलाई झनै उत्साहित बनाउने अपेक्षा गरिएको छ।
